आठौं फेका कप बास्केटबलको क्वाटरफाइनल सम्पन्न



०५ जेठ २०७६, काठमाडौं

आठौं फेकाकप बास्केटबलको क्वाटरफाइनल सम्पन्न भएको छ ।

जडिबुटी स्थित ओरियण्टल स्कुलको प्राङ्गणमा सम्पन्न आजको प्रतिस्पर्धामा कौत्सुभ एकेडमी, ओरियन्टल एकेडेमी जडिबुटी, गेटवे स्कुल पेप्सिकोला र अक्षराका स्कूल काडाँघारी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कौत्सुभले करियर बिल्डिङ, गेटवेले पुष्प वाटिका, ओरियण्टलले प्रीतिमा र अक्षरिकाले कस्मिक इन्टरनेशनललाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

सेमिफाइनल चरणका खेलहरु सोमबारबाट हुने ओरियन्टल स्कूलका प्रिन्सिपल अशोक दाहालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्