रातभरी ननिदाएका जाशनले लिए पाकिस्तानविरुद्ध शतक



०५ जेष्ठ २०७६, काठमाडौं

ईङग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान जासन रोए बिहीबार रातभरी निदाउन सकेनन् ।

भर्खरै जन्मेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका उनी रातभरी निदाएका थिएनन् ।

रातभरी ननिदाएका उनको शुक्रबार भने पाकिस्तानसँग खेल हुँदै थियो ।

तर, उनले पाकिस्तानविरुद्ध शतक नै प्रहार गरे ।

पाकिस्तानविरुद्ध उनले ११४ रन बनाएपछि ईङग्ल्याण्डले खेल जित्यो ।

उनको यो आठौं एकदिवसीय शतक हो ।

“विहान राम्रो अवस्थामा थिएन, तर पनि राम्रो खेल्न सकें । यो शतक मेरो र मेरो परिवारका लागि विशेष रह्यो ।” उनले भने ।

आठौं शतक प्रहार गरेपछि रोएले अनिँदोका वाबजुद राम्रो खेल्न सकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्