२०७६ सालको शुरुवातमै लगनगाँठो कस्ने सेलिब्रेटीहरु !



०५ जेठ २०७६, काठमाडौँ

नयाँ वर्षको आगमनसँगै केहि नेपाली सेलिब्रेटीहरुले लगनगाँठो कसेका छन । आज हामी २०७६ सालको शुरुवातमै लगनगाँठो कसेका सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दै छौ ।

दिवाकर भट्टराई र दीपिका प्रसाईँ
केही समय अगाडि इन्गेजमेन्ट गरेका निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइँ वैशाख २४ गते विवाह बन्धनमा बाँधिए । उनीहरुले पाँच वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । दीपिका र दिवाकरले इन्गेजमेन्ट अगाडि नै अदालती विवाह भने गरिसकेका थिए । उनीहरुले फिल्म ‘ऐश्वर्य’ मा काम गरेपछि प्रेममा रहेको चर्चा चलेको थियो ।

रेनशा वान्तवा राई र प्रज्वल शमशेर जबरा
निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई पनि वैशाख २४ मा नै विवाह बन्धनमा बाँधिए । रेनशाले प्रज्वलकै फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । झण्डै आठ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । रेनशाले फिल्म ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफीको सुरुवात गरेकी थिइन् भने प्रज्वल ‘मेरो एउटा साथी छ’ फिल्मका निर्माता प्रभु शम्सेर राणाका छोरा हुन् ।

स्वरुपपुरुष ढकाल र मुस्कान सुवेदी
फिल्म ‘छक्का पञ्जा २’ का कलाकार स्वरुपपुरुष ढकाल पनि वैशाख २९ गते मुस्कान सुवेदीसँग विवाह बन्धनमा बाँधिए । उनले काठमाण्डौको पेप्सीकोला निवासी सुवेदीसँग मागी बिहे गरेका हुन् । ‘छक्का पञ्जा २’ पछि ढकालले कुनै फिल्ममा काम गरेका छैनन् । तर ‘छक्का पञ्जा २’ अगाडि नै उनले अभिनय गरेका फिल्म ‘सुस्केरा’ प्रदर्शनको तयारीमा छ ।

विक्रम बराल र अनु गहतराज
‘नेपाल आइडल’ सिजन २ का उपविजेता विक्रम बराल पनि प्रेमिका अनु गहतराजसँग वैशाख २९ गते विवाह बन्धनमा बाँधिए । उनीहरुले पाँच वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेका हुन् । विक्रम र अनुको भेट पोखराको एक साङ्गीतिक कार्यक्रममा भएको थियो । त्यहाँबाट नै उनीहरुको प्रेम सम्बन्ध अगाडि बढेको थियो ।

निकिता पौडेल र रवि लामिछाने
फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछानेले जेठ ३ गतेका दिन विवाह बन्धनमा बाँधिएका छन् । रवि र निकिताले गत वर्षको माघ ७ गते अदालती विवाह गरेका थिए । अदालती विवाह गरेको चार महिनापछि दुईले परम्परागत रुपमा विवाह गरेका हुन् ।
रवि र निकिता दुबैको दोस्रो विवाह हो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही वर्षयता दुबै मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोर–दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ ।

केकी अधिकारी
नायिका केकी अधिकारीले पनि यहि बर्ष लगनगाँठो कस्ने तयारी गरिरहेकी छिन् । यतिखेर फिल्म छ माया छपक्कैको तयारी जुटेकी केकीले फिल्मको छायाँकन लगतै बिवाह गर्न सक्ने अनुमान फिल्मी बजारमा छ ।

शिल्पा पोखरेल र छवि ओझा
नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाले बिबाह गरेको ३ बर्ष भयो । तर औपचारिक रुपमा दुबैले स्विकार गरेको भने थिएन । हालै दुबै जनाले सामाजिक सञ्जालमा आफ्नो फोटो पोष्ट गर्दै एक अर्काको लागि तयार भन्द बिबाह भएको स्विकारेका छन् । शिल्पा र छविको बिहेको साक्षि केही फिल्मकर्मीहरु रहेको फिल्म वृत्तमा चर्चा छ ।

सविन श्रेष्ठ र अनु शाह
आपसि सहमतिमा बिबाह गरिसकेका सविन श्रेष्ठ र अनु शाहले आफ्नो बिबाहको वारेमा खण्डन समेत व्यक्त गरेका थिए । मिडियामा बिबाहको समाचार बाहिर आईरहदाँ यो जोडीले भने बिबाह नभएको बताउँदै आएका थिए । तर केही समययता दुबैको माया समाजिक सञ्जालमा यसरी पोखियो की दुईको बिहे भएको वारे कसैलाई शंका रहेन ।

https://youtu.be/gKSvguD2sIg?t=4

प्रतिक्रिया दिनुहोस्