‘विश्वकप क्रिकेट–२०१९’को अफिसियल भिडियो सार्वजनिक(भिडियो सहित)



०५ जेष्ठ २०७६, काठमाडौं

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी ३० मेबाट सुरु हुँदैछ ।

यो सिजनको विश्वकप आयोजना गर्ने देशको छिनोफानो सन् २००६ अप्रिलमा गरिएको थियो ।

विश्वकप हरेक ४ वर्षमा हुने गर्छ ।

भर्खरै अन्तराष्ट्रिय क्रिकेट परिषद्ले ‘विश्वकप क्रिकेट–२०१९’को ‘अफिसियल भिडियो’ सार्वजनिक गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद्ले प्रतियोगिताको १४ दिन अगाडी आधिकारिक गीत रिलिज गरेको हो ।

शुक्रबार प्रतियोगिताको ‘स्ट्यान्ड बाई’ टाइटलको  गीत रिलिज गरिएको थियो ।

यस गीतलाई नव–गायक ‘लोरीन’ तथा बेलायतको चर्चित ‘रूडोमेन्टल’ले संयूक्त रूपमा तयार पारेका हुन् ।

प्रतियोगितामा पहिलो खेल आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।

४५ दिनसम्म चल्ने प्रतियोगितामा कुल ४८ खेल खेलिनेछ ।

भिडियो–

प्रतिक्रिया दिनुहोस्