पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डलाई सिन्धुलीमा भव्य स्वागत



०५ जेठ २०७६, काठमाडौं

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिन्धुलीमा सांसद राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल लगायत नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

सिन्धुली स्थित सुनकोशी नदीमा जलयात्राको लागि अध्यक्ष प्रचण्ड परिवारसँगै सुनकोशी गाउँपालिका मूलकोट पुगेका हुन् । अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी छोरी गंगा र नातिनीसहित सुनकोशी नदीमा डुंगामार्फत जलयात्रा गर्दै मूलकोट आइपुगेको सुनकोशी गाउपालिका उपाध्यक्ष दिर्वसिंह मोक्तानले परिवर्तन खबरलाई बताए ।

शनिबार बिहान काठमाडौं फर्कने क्रममा सुनकोशी गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सिन्धुलीका स्थानीय नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भलाकुसारी गरेका थिए ।

जलयात्रामा नेकपाका नेता तथा संघीय सांसद हरिबोल गजुरेल समेत सहभागी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्