
०५ जेठ २०७६, काठमाडौं
झापाको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको लागि लानेक्रममा बाटोमा मृत्यु भएको छ ।
दुर्घटनामा २९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढुंगेलले जानकारी दिए ।
ना ७ ख ४३८७ नंको बस गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो ।
घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने विस्तृत जानकारी भने आएको छैन ।





