एमबाप्पेको योगदानमा पिएसजीको जित



०५ जेष्ठ २०७६, काठमाडौं

लिग वानअन्तर्गत पिएसजीले डिजोनमाथि जित निकालेको छ ।

गएराती भएको खेलमा पिएसजीले डिजोनमाथि ४–०को फराकिलो गोलअन्तरले जित निकालेको हो ।

पिएसजीका लागि स्टार एमबाप्पेले दुई दुई गोल गरे । त्यस्तै एन्जल डि मारिया र एडिन्सन काभनीले समान एक एक गोल गरे ।

तीन खेलको प्रतिबन्धपछि मैदानमा फर्किएका एमबाप्पेले दुई गोल गर्दै गोल्डेन बुट दौडको नजिक पुगेका छन् ।

उनी गोल्डेन बुट दौडमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा २ गोलले पछाडी छन् ।

मेस्सीले ३४ गोल गर्दा एमबाप्पेको ३२ गोल रहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्