रोनाल्डो ‘प्लेयर अफ दी सिजन’ घोषित



०५ जेष्ठ २०७६, काठमाडौं

विश्व फुटबलका खेलाडी तथा स्टार क्रिस्टियानो रोनाल्डो ‘प्लेयर अफ दी सिजन’ घोषित भएका छन् ।

अघिल्लो दिन रोनाल्डो वर्षकै सबैभन्दा मूल्यावन् खेलाडी घोषित भएका हुन् ।

रोनाल्डोले जारी सिजन घरेलु लिगमा कूल २२ गोल गर्दै ११ गोलका लागि असिस्ट गरेका छन् ।

जसमा उनले २१ गोल सिरी ‘ए’मा गरेका छन् भने १ गोल सुपर कोपा इटालियामा गरेका छन् ।

यो सिजन युभेन्टसलाई कीर्तिमानी आठौं लिग जिताउन रोनाल्डोले महत्त्वपूर्ण योगदान दिएका थिए ।

त्यसैगरी, सुपर कोपाको उपाधि जिताउँदा पनि रोनाल्डोले नै विजयी गोल गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्