
०४ जेठ २०७६, काठमाडौं
गत माघमा कानुनी रुपम विवाह दर्ता गरी पती पत्नी बनेका सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले जेठ ३ गते शुक्रबार नेपाली सेलिब्रेटीहरुको बाक्लो उपस्थितिमा नगरकोट स्थित एक होटलमा परम्परागत रुपमा विवाह सम्पन्न गरेका छन् ।

विवाह समारोहमा महजोडी देखि लिएर हाँस्य कलाकार तथा समाजसेवी दम्पती धुर्मुस सुन्तली, दीपक राज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार प्रसाद घिमिरे, मनोज गजुरेल, ऋषि धमला दम्पती लगायत रमेश प्रसाईंको पनि उपस्थिति रहेको थियो ।






