१५ वर्षदेखि बिजुली नपुगेको महानगरमा डा. भट्टराईको पहलमा बिजुली पुग्दा स्थानीयवासी हर्षित



०४ जेठ २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ८ गुह्येश्वरी स्थित पञ्चकन्या टोलमा विजुली, पानी तथा ढलको समस्या भोग्दै आएका टोलवासी अन्तत: विकासवादी नेता डा. राजन भट्टराईको पहलमा विजुली बत्ती उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।

गत चैत्र २ गते प्रधानमन्त्री केपी शर्मा ओलीका प्रभावशाली परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहितको टोली उक्त ठाउँमा स्थानीय समस्या बुझ्न पुगेका थिए । स्थानीय वासीको गुनासोपछि स्थलगत निरीक्षणमा पुगेका डा. भट्टराईले विजुली, बत्तीको लागि पहल गरिदिने बाचा गरेका थिए ।

परिवर्तन खबरले स्थलगत रुपमा गरेको फलोअप स्टोरीको भिडियो :

फलोअप स्टोरीको लागि परिवर्तन खबरको स्थलगत अनुगमनमा विकासवादी डा.भट्टराईको पहलमा एकैदिनमा पोल गाडी विजुली सुचारु भएको जानकारी नारायण मार्ग उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले बताए ।

उपभोक्ता समितिकै सदस्य सीता पोखरेलका अनुसार विजुली र बाटो नहुँदा करिव १ बर्ष स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएको तितो अनुभव सुनाउँदै सहयोगको लागि डा. भट्टराईलाई धन्यवाद दिईन् ।

यो पनि पढ्नुहोस्

जब डा. राजन भट्टराई काठमाडौँ महानगरपालिकाको कर्णाली पुगे

प्रतिक्रिया दिनुहोस्