सावित्रा र अनिता अनुबन्ध टोली सेथु सेमिफाईनलमा पुग्यो



०४ जेष्ठ २०७६, काठमाडौं

नेपाली खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेत अनुबन्ध रहेको टोली सेथु ईन्डियन्स वुमन्सको सेमिफाईनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा सेथुले बरोडा फुटबल एकेडेमीलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

सेथुको यो लगातारको ५ औं जित हो ।

सेथुले अब फाईनल प्रवेशका निम्ति सोमबार सेन्ट्रल एसएसबीसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतियोगिताको फाईनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्