जीवनलाई आमूल परिवर्तन गर्ने यी बुद्धका वाणीहरु !



०४ जेष्ठ २०७६, काठमाडौं

विश्व इतिहासलाई हेर्दा समय समयमा त्यस्ता व्यक्ति जन्मेका छन् ।

जो कुनै भूगोल, जाति विशेष, लिङ्ग, वर्ग विशेषभन्दा माथि उठेर सम्पूर्ण मानव एवं प्राणीका लागि नै वरदान सावित हुने गर्दछन् ।

सुकरात, प्लेटो, कार्लमाक्स, माओ, मोहम्मद, जिसस्जस्ता नाम संसारले भुल्न नहुने नाम हुन् ।

विश्व जगतलाई गतीमान गराउँन होस् कि मानवीय दुःखबाट मुक्तिको बाटो रोज्ने चेतना प्रदान गर्न होस् आज पनि यी महान् व्यक्तिले निर्देश गरेको मार्ग अनुकरणीय नै छ ।

त्यस्तै अनुकरणीय महान् दर्शनवेत्ता हुन्– गौतम बुद्ध

आजभन्दा झण्डै पच्चीस सय वर्षअघि हालको कपिलवस्तु जिल्लाको तिलौराकोटमा बाबु शुद्धोधन र आमा मायादेवीबाट जन्मेका गौतमबुद्ध उच्च चेतनाशक्ति अर्थात् ईश्वरीय गुणबाट परिपोषित भएको देखिन्छ ।

गौतम बुद्ध राजपरिवारमा जन्मेका पनि राज्य वैभव र पारिवारिक मोहबाट छुटकारा पाउँन सन्यास र ध्यानको बाटो अङ्गीकार गरेका महान् दार्शनिक हुन् ।

व्यक्तिगत र पारिवारिक स्वार्थ, लोभ, लालचबाट माथि उठेर जीवनको नयाँ परिभाषा दिन सफल उनी अहिंसावादी विचारक हुन् ।

गौतम बुद्धको दर्शनको सम्मान गर्दै उनलाई ‘एशियाका तारा’ उपनामले चिनिन्छ ।

गौतम बुद्धका मार्मिक उपदेशलाई अनुशरण गर्न सकेमा जोसुकैको जीवनमा परिवर्तन आउँन सक्छ ।

आउँनुहोस् न हेरौं हामी पनि बुद्धका जीवन उपयोगी यी महान् वाणीहरु !

क्षमाशील बनौं–

“पागलपन जस्तो कुनै आगो हुँदैन, घृणाजस्तो कुनै अपराध हुँदैन, मूर्खताजस्तो कुनै जाल हुँदैन, लोभजस्तो कुनै बाढी हुँदैन ।”

“घृणाले घृणा कम हुँदैन, बरु प्रेमले घृणामाथि विजय प्राप्त गर्छ, अरुलाई क्षमा गर्न सक्नु नै उत्तम मानवीय गुण हो, क्षमाको गुणले नै खुशी मिल्छ ।”

क्रोधलाई नियन्त्रण गरौं–

“क्रोध हुनुको अर्थ जलिरहेको कोइला अरु माथि फ्याक्नु हो ।”

जसले अरुलाई भन्दा पहिला आफूलाई जलाउँछ । क्रोधबाट मुक्त हुन सक्नु पर्छ । क्रोध विनासको सूचक हो । यसबाट सधैं टाढा रहनु पर्छ ।

खुशी बाँडौं–

बुद्धले भनेका छन्, “एक बलिरहेको मैनबत्तीबाट हजारौँ मैनबत्तीहरु बाल्न सकिन्छ ।”

यसबाट मैनबत्तीको जीवन छोटो हुँदैन । खुशी पनि बाँडेर घट्दैन ।’ खुशी जति बाँड्न सक्छौं त्यति बढ्दै जान्छ ।

शंकाबाट टाढा बसौं–

“शङ्का मानिसको सबैभन्दा ठूलो शत्रु हो ।”

शङ्काले मित्रतामा फाटो ल्याउँछ र मानिसलाई टाढा बनाउँछ । शङ्काबाट मुक्त हुन सकेमा नै मित्रतामा गाढापन बढ्छ । जीवनलाई उज्यालो बनाउन शङ्काबाट टाढा रहौँ ।

वर्तमानलाई ध्यान दिऔं–

“भूतकालको सम्झनामा नअल्झ, भविष्यको सपना पनि नदेख, वर्तमानलाई ध्यान देऊ ।” बुद्धले भनेका छन् ।

यो नै खुशीको बाटो हो । भूतकालको स्मरणले पनि जीवनलाई बिरसिलो बनाउँछ । भविष्यको चिन्ताले पनि खुशी मिल्न सक्दैन । वर्तमानमा जे छ, त्यसैमा रम्न सिकौँ ।’

सोचाईलाई नियन्त्रण गरौं–

“हामीलाई सबैभन्दा बढी असर गर्ने सोचाइ हो ।”

सोचाइ समुद्रको छालभन्दा शक्तिशाली हुन्छ । सोचाइलाई नियन्त्रण गर्न नसकिएमा यसले जीवनलाई विनासतर्फ डोर्याउँछ । युद्धका मैदानमा सयौँ व्यक्तिलाई कैद गर्न सक्ने मानिसभन्दा पनि आफ्नो विचारलाई वशमा कैद गर्न सक्ने मानिस नै महान् बन्न सक्छ ।

महान् मानिसले सोचाइलाई नियन्त्रणमा राख्न सक्नु पर्छ ।

सत्यको बाटो रोजौं–

“दुनियाँमा तिन चीज छन्, जसलाई कहिल्यै छिपाउन सकिँदैन ।” ती हुन्, चन्द्र, सुर्य र सत्य ।’

जसरी कुनै ठूलो पत्थरलाई हावाले उडाउन सक्दैन ।

त्यसैगरी क्षणिक झुटले पनि सत्यलाई डगाउन सक्दैन ।

सत्यको मार्ग नै उत्तम मार्ग हो । सत्यमा नै अडिग बनौं ।

बुझ्नै कोशिस गरौं–

बुद्धले भनेका छन् “हजारौं लडाईंमा जित प्राप्त गर्नुभन्दा पहिला आफूमाथि नै विजय प्राप्त गर ।”

‘जित हमेसा तिम्रो साथमा हुन्छ । आफूलाई चिन्नु, जान्नु र बुझ्नु नै महान् काम हो । अरुको कुरा सुनौँ, उसको अनुभवलाई बुझ्ने कोसिस गरौँ ।’

शान्तिमय वातावरणमा बाँचौं–

“लोभ, मोह, हार, जित नै दुःखका कारण हुन् ।”

यिनीहरुले शान्तिपूर्वक बाँच्न दिँदैनन् । यिनीहरु कै कारण मानिस बेचैन र दुःखी बन्छ । सुख र शान्ति बाहिरबाट आउने नभई आफैभित्र रहने कुरा हुन् ।

 

प्रतिक्रिया दिनुहोस्