
०३ जेष्ठ २०७६, काठमाडौं
खोटाङ, ऐसेलुखर्क गाउँपालिकावाड नं ४ जलेश्वरी सिम्ले निवासी बर्ष ६० का जगत बहादुर राई काठमाडौं कपन एकताबस्ती ज्योतिनगरपुलबाट बाँसबारी पिपलबोट जाने क्रममा हराएका हुन् ।
करिब एक महिना अघि टाउकोको उपचार गर्न काठमाडौंआएका राई गत ०१ जेष्ठबाट बुधबार कपन एकताबस्ती ज्योतिनगरपुलबाट बाँसबारी पिपलबोट जाने क्रममा हराएको उनका छोरी बिनिता राईले बताएकी छिन् ।
करिब ५ फिट २ इन्च अग्ला गहुँगोरो रङ्ग,कालो टोपी,खरानी रङ्गको ट्राउजर,कालो ज्याकेट लगाएका राई बिरामी अवस्था र मोबाईल फोन नभएका कारण खोज्न समस्या परेको हो ।
हराएका व्यक्तिको हूलिया यो नै हो !!

हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यलय अथवा निम्नसम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गरिदिनका लागि अनुरोध गर्दछौं ।
सम्पर्क व्यक्तिहरु !
बिनिता राई (छोरी) मोबाइल नम्बर : ९८२३०५८३८८ (9823058388)
मुना राई (बुहारी)मोबाइल नम्बर : ९८१५९०७२८६ (9815907286)





