विश्व रेकर्डका लागि रुविशा र एलिशाको ४० घण्टे नृत्य आगामी ११ जेष्ठबाट(विज्ञप्ती सहित)



०३ जेष्ठ २०७६, काठमाडौं

‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालले पछिल्लो समयमा धेरै साहसीला र आँटिला धेरै कामहरु गर्दै आईरहेको छ ।

यस्तै फेरी एकपटक ‘विश्व रेकर्ड’मा ‘नेपाल’ लेखिने भएको छ ।

दुई दिदी–बहिनी एलिशा श्रेष्ठ र रुविशा श्रेष्ठले लगातार ४० घण्टा युगल नृत्य गरेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा नाम राख्ने तयारी गरेका छन् ।

यसभन्दा केही महिना अगाडी मात्रै नेपालकी साहसी छोरी बन्दना नेपालले १२६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ राखेकी थिईन् ।

यस्तै दुई दिदी–बहिनी एलिशा श्रेष्ठ र एलिशा श्रेष्ठले पनि युगल नृत्यबाट विश्व रेकर्ड राख्न लागेका हुन् ।

सानैदेखि नृत्यमा रुची राख्ने यी दुई दिदी–बहिनी एलिशा र रुविशा अहिले स्थापित नृत्यकारहरु हुन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिकास्थित स्थाई घर भएका एलिशा र रुविशा हाल कयापिटल कलेजमा स्नातक पहिलो वर्षका विद्यार्थीहरु हुन् ।

यो सबै जानकारी बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी दिईएको थियो ।

४० घण्टे नृत्यका संयोजक तथा मोटिभेशनल स्पिकर सन्तोष लामाले प्रेस मिटमा बोल्दै नेपाल विश्व लोक–संस्कृतिमा धनी हुनु र यस्तो विधामा ‘विश्व रेकर्ड’ राख्नु समस्त नेपालीका लागि खुशीको कुरा भएको बताए ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले दिदी–बहिनीले विश्व किर्तीमानी कायम गर्ने दावी गरे ।

यसअघि पनि बन्दना नेपालले क्लबमार्फत नै विश्व किर्तीमानी गर्ने घोषणा गरेको र पछि सफल भएको धमलाले सुनाए ।

“म ग्यारेन्टीका साथ भन्छु, उहाँहरुले विश्व रेकर्ड कायम गर्नुहुन्छ ।” धमलाले भने ।

सम्बन्धित समाचारहरुः

दुई दिदी–बहिनी ‘रुविशा’ र ‘एलिशा’ ४० घण्टा लामो युगल नृत्य गरेर ‘विश्व रेकर्ड’मा नेपाललाई ह्याट्रिक दिलाउँने साहसमा जुट्दै ! (भिडियो सहित)

 

‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालको ह्याट्रिक, दुई दिदी–बहिनी एलिशा र रुविशाद्वारा ४० घण्टे नृत्य गरिदैं !(प्रेस विज्ञप्तीसहित)

 

विज्ञप्ती हुर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्