२२ अर्व लगानीमा मुग्लिन नागढुङ्गा सडक विस्तार



०३ जेष्ठ २०७६, काठमाडौं

पृथ्वी राजमार्गमा पर्ने मुग्लिन नागढुङ्गा सडकको साँघुरो खण्डलाई सरकारले दुई लेनमा स्तरोन्नोती गर्ने भएको छ ।

मुग्लिन नारायणघाट सडक २०७५ जेष्ठमा विस्तार भई सकेको छ । यसको विस्तारसँगै मुग्लिन नागढुङ्गाको काम अगाडि बढाउने निणर्य भएको हो ।

यस सडक स्तरोन्नतीका लागि २२ अर्र्व लगानी लाग्ने अनुमान गरिएको छ । सडक विस्तारका लागि विश्व बैंकले ऋण दिने सहमति समेत गरिसकेको छ ।

सडकको चौडा एकनासको छैन । यो सडक मुग्लिन नारायणघाट सडक जस्तै दुई लेनमा विस्तार गर्न डिजाइन तयार पारिएको सडक विभाग वैदेशिक कार्यान्वयन माहाशाखाका ईञ्जिनियर छबीलाल पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्