
०३ जेष्ठ २०७६, काठमाडौं
विगत २०७४ साल देखि सुरु भएको गोरखा दरवार पुर्नर्निर्माणको काम अझैं सम्पन्न भएको छैन ।
दरवारको काम गत २० दिन देखि रोकिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख रामेश्वर कट्टेलले बताए ।
पछिल्लो केही समयदेखि ठेकेदार सम्पर्कमा नआएको उनको भनाई छ ।
दरवारको काम आउँदो मंसिरसम्म सक्नुपर्ने भएपनि काम अहिले सम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।
डिजाइन परिवर्तन जस्ता विभिन्न वाहना गर्दै ठेकेदारले काममा ढिलाई गरिरहेको कट्टेलले बताए ।
गोरखा दरवार पुनर्निर्माण संरचना ढिलाईका कारण पुजाआजामा पनि समस्या परेको पुजारी प्रदिप योगी बताउँछन् ।
पुनर्निमाणको ढिलाईका कारण भक्तजनको संख्यामा पनि कमि आएको छ ।
यसले ब्यापारमा समेत असर पारेको छ । हालसम्ममा चुना र बालुवाले भुइँको भाग पिसिसि गर्ने काममात्र सम्पन्न भएको बताईएको छ ।
भूकम्पको प्रकोपले क्षति पुगेको दरवार कुल ४ करोड ३३ लाखको लागतमा पुर्नर्निर्माण हुन लागेको हो ।
ठेकेदार सुशीलबाबु श्रेष्ठले बारम्बार डिजाइन परिवर्तन भएको कारण पुर्नर्निर्माणको काममा ढिलाई भएको बताएका छन् ।
“चार–पाँच पटक डिजाइन चेन्ज भयो, फोरि पिसिसि गरेपछि २० दिन त्यत्तिकै छाड्नु पर्छ ।” उनि भन्छन् ।





