मोफसलका चर्चित गायक अशोक प्यासी राई



०२ जेठ २०७६, काठमाडौं

उदयीमान गायक अशोक प्यासी राई जसले नेपाली सांगीतिक जीवनमा नेपाली संगीत तथा गायनलाई माया गरेर आफ्नो सांगितिक जीवनलाई अगाडी बढाइरहेका  छन्  । हालसम्म  चारवटा एल्वम बजारमा ल्याई सकेका उनी अर्को सांगीतिक कोशेली लिएर आउने क्रममा छन् ।

सुरुमा उनले पूर्वमा गाइने लोक जुहारी हाम्रो उदयपुर कटारी बोलको गीतमा आवाज  दिएका थिए । हालसम्म उनका चार वटा एल्वम प्रकाशित छन । हुलाकमा चिठ्ठी, माया र पिरतीमा बोलको गीतहरु गाएका उनले गायिका सत्यकला राई, गायक तथा मोडल दुर्गेश थापा, नायिका सुष्मा कार्की संगीतकार बिनोद खम्वु जस्ता चर्चित कलाकारहरुसँग काम गरिसकेका छन् ।

उनको हुलाकमा चिठ्ठी गित चर्चा बटुल्दै गरको गित हो भने मोफसलमा विशेष गरि पूर्वी नेपालको विभिन्न भागहरुमा उनले गाएका गीतहरु मेलापात, घाँस दाउरा हाट बजारमा गुन्जिरहेका छन् । उनको परिभाषा भित्र संगीत भनको मनोरन्जनको महत्वपूर्ण विषय वस्तु हो जसले मानिसको मन मस्तिष्कलाई आनन्दित बनाउँछ । उनी भन्छन् संगीत बिनाको जीवन कसैको पनि हुन सक्दैन । उनका बुझाईमा संगीत हरेक मानिसको लागि अपरिहार्य छ ।

नेपाली सांगीतिक क्षेत्रलाई अझ माथी उठाउन नेपाली हुनको नाताले सवैले नेपाली गीत संगीतलाइ माया गर्नुपर्ने उनी बताउँछन् ।

कुराकानीमा आधारित अशोक प्यासी राइको जीवन र सांगीतिक करियर निर्माणका क्रममा उनको सङ्घर्ष तथा जीवन भोगाईका सन्दर्भमा गरिएको कुराकानीमा आधारित :

बाल्यकाल
अशोक प्यासी राईको जन्म माता रुपा माया राई र पिता ध्रुव सिंह राईको कोखबाट ओखलढुङ्गा जिल्लाको हिले पानीमा २०४५/०६/१२ गते भएको हो  ।  उनले सानोमा कक्षा ५ सम्म नजिकैको स्कुलमा अध्ययन गरे  । कक्षा ५ पढ्दै गर्दा उनको परिवार हिले पानीबाट उदयपुरको कटारी भन्ने स्थानमा बसाई सर्यो । कटारीको श्री उच्च मा.वी. लधाभिर सिन्धुली भन्ने स्कूलबाट उनले एसएलसी सम्मको अध्ययन पुरा गरे । उनकोे परिवार साामान्य खेती किसानी भएको कारणले गर्दा सानोमा आफ्नो पढ्ने काम देखी बाहेक आफ्नो आमालाई काममा सघाउँथे उनी ।  सानोमा उनी गीत संगीतमा असाध्यै रुचि राख्थे । गाउँमा मेलापात घाँस दाउरा गर्दा होस् या हाट बजार गर्दा उनी आफ्नो मन परेको गीतहरु गाएर सुनाउँथे । बाल्यकालमा उनका साथीहरु प्रशस्तै थिए उनले गाएका गीतहरुले उनलाई आफू पढ्ने स्कूलमा राम्रै परिचय दिएको थियो । सानो उमेरमा उनका साथी भाईले उनलाई गीत रेकर्ड गर्न सल्लाह दिन्थे । यसले उनलाई जीवनमा सांगीतिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको थियो । भविष्यमा उनले आफूलाई सांगीतिक क्षेत्र मार्फत केही गर्ने अठोट लिएका थिए ।

सांगीतिक यात्राको शुरुवात
मान्छेको जीवनमा प्रगति गर्नको लागि केही न केही कुराले पक्कै भुमिका खेलेको हुन्छ जुन कुराले प्रेरणा पनि दिन्छ जसको कारणबाट नै मानिसको जीवनमा  महत्वपूर्ण सफलता हासिल हुन्छ । अशोक प्यासीको जीवनमा पनि यस्तै भयो । उनले आफ्नो पारिवारिक आर्थिक अवस्था राम्रो नभएका कारणले मलेसिया गए । आफ्नो सांगीतिक भोक मेटाउन आफूलाई विदेशमा गएर पसिना बेच्न विवश उनी मलेसिया बसेर तीन बर्षपछी नेपाल फर्किए । २०६७ सालमा  पहिलो आकाशको तारा नामक एल्बम निकाले जुन उनको लागी यो नै जीवनको पहिलो खुशी थियो र विषाल सांगीतिक माहोलमा रम्ने एवम् संघर्ष गर्ने पहिलो खुट्किला थियो । काठमाडौं जो कोहीको लागि सजिलो बास्तवमै छैन । गीत रेकर्ड गर्नकै लागि उनले काठमाडौंमा गाडी चलाउन थाले । उक्त एल्वममा रहेको गीतमा चर्चित गायिका सत्यकला राई र देवी घर्ती मगरले साथ दिएका छन् । लोक गायन तथा लोक आधुनिक गित गाउने गाायकको रुपमा परिचय बनाई सकेका उनी  सांगीतिक क्षेत्रमा जम्न सुरु गर्दै गरेका गायक हुन् ।

उनले गाएका गीतहरु
उनको पहिला एल्वमको नाम हो आकाशमा तारा गनेर उक्त एल्वममा २ वटा गीतहरु समेटिएका छन् । जसमा आकाशको तारा गनेर र उदयपुरको हाम्रो कटारी जुन गीत पूर्वमा गुन्जिने लोकलयमा आधारित छन् ।  जसमा, सत्यकला राई र देवी घर्ती मगरले साथ दिएका छन् भने उनको दोश्रो एल्वम यो जुनिमा तिम्रै हुन पाउ रहेको छ र यसमा दुई वटा गीतहरु समेटिएका छन्  । यो जुनिमा तिम्रै हुन् पाउ, धर्तीबाटै सारी दिन्छु बोलमा गाईएका गीतहरु हुन् । तेस्रो एल्बम प्यासी भिडियो कलेक्सन र चौथाें एल्वम माफी रहेका छन् । माफी गीतमा गीतहरु माया र पिरतिमा रातो भाले लगायत छन् । उनले अन्य गीतहरुमा पनि आवाज दिएका छन् ।

  

प्रतिक्रिया दिनुहोस्