सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकासँग लड्दै अभियन्ता राजकुमार लामा



गोकर्णेश्वर नगरपालिकामा मिचिएको सार्वजनिक जग्गाबारे अभियन्ता राजकुमार लामासँग गरिएको कुराकानीको भिडियो :

०१ जेठ २०७६, काठमाडौं

सार्वजनिक जग्गा संरक्षण समिति गोकर्णेश्वरमा एक कार्यकाल पुरा गरेका राज कुमार लामा अहिले जिम्मेवारीमा नभएपनि मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याउन र बाँकी सार्वजनिक जग्गा संरक्षण गर्न भन्दै ‘सार्वजनिक सम्पत्ति तथा नागरिक मौलिक हक अधिकार खोजबिन अभियान प्रारम्भ’ गरेका छन् ।

अभियन्ता लामाका अनुसार सार्वजनिक जग्गा गुठीमा दर्ता गरी निर्माण गरिएको निजी संरचना

उनको आरोप छ, ‘आफू सार्वजनिक जग्गा संरक्षण समितिमा हुँदा सार्वजनिक भनी किटानी गरिएको जग्गा नगरपालिकाका ओभरसियर सरोज थापाले प्रभावमा पारी गुठीमा दर्ता गरी आफैंलाई मोही बनाई सार्वजनिक जग्गा कब्जा गरे ।’ अहिले पनि नगरपालिकामै कार्यरत ओभरसियर थापाले बाँकी रहेको सार्वजनिक जग्गा समेत गुठीमा दर्ता गरी हडप्ने प्रयास गरेपछि अभियन्ता लामाले सार्वजनिक जग्गा संरक्षण गर्ने भनी अभियान चालेका छन् ।

अभियन्ता लामाका अनुसार ओभरसियर सरोज थापाले गुठीमा दर्ता गर्न प्रयास गरेको सार्वजनिक जग्गा

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित विवादित ग्राम निर्माण बन्धु मण्डल क्लबले सार्वजनिक जग्गा संरक्षण गर्नु भन्दा मिचिएको जग्गालाई छोडेर फुटसल बनाउन सम्झौता गरेपछि अभियन्ता लामाले ३ दिने अल्टिमेटम दिदैं योजना रोक्न ज्ञापन पत्र बुझाएका थिए ।

अभियन्ता लामाका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएका निजी संरचना

अभियन्ता लामाका अनुसार, ‘गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल समेतले सार्वजनिक जग्गा हडपी निजी संरचना निर्माण गरी आफूले उपयोग गरी भाडामा समेत लगाएकी छिन् ।’

अभियन्ता लामा सार्वजनिक जग्गा संरक्षण समितिमा हुँदा सार्वजनिक जग्गा भनी कित्ता खुलाई गाविसले दिएको पत्र

यस विषयमा परिवर्तन खबरले उपप्रमुख नेपालसँग कुरा गर्दा ‘२०२३ सालमा आफ्ना बुवाले उक्त जग्गा लिलामीमा पञ्चायतसँग लिएको बताईन् । उपप्रमुख नेपालले उपभोग गरेको घरजग्गाबारे पुर्जा छ/छैन भनी प्रश्न गर्दा पूर्जा नभएको तर प्रमाण भएको उनले बताईन् ।’

प्रतिक्रिया दिनुहोस्