नेपालको खराब सुरुवात, भारतसँग ६ विकेटले पराजित



०१ जेष्ठ २०७६, काठमाडौं

एशिया कप व्हिल चियर टी–२० क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

किर्तिपुरको टियु मैदानमा भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित रहँदै ६६ रनको अर्धशतकीय ईनिङ्ग्स खेले ।

यस्तै विपिन पौडेलले अविजित ३३ तथा रमेश खत्रीले १५ रन बनाए ।

नेपालले दिएको १४१ रनको लक्ष्य भारतले १५ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो ।

पहिलो पटक आयोजना भएको एशिया कप व्हिल चियर टी–२० क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्