नगरप्रमुख ब्याञ्जुले गरे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई टेलिभिजन हस्तान्तरण



३१ बैशाख २०७६, काठमाडौं

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जुले नगरपालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई १० वटा टेलिभिजन टेलिभिजन हस्तान्तरण गरेका छन् ।

प्रति टेलिभिजन  १८ हजार पर्ने ३२ इन्चका रगिन पर्दा भएका १० वटा टेलिभिजन धुलिखेलमा रहेको जिल्ला प्रहरी कार्यालयका कक्षहरुलाई प्रविधि मैत्री र मनोरञ्जनका हिसावले पनि उपयुक्त बनाउन प्रहरी कार्यालयका हिरासत कक्ष, जवान कक्ष, जुनियर प्रहरी अधिकृत कक्ष, अधिकृत कक्ष र वेटिङ्ग कक्ष समेतलाई पुग्ने गरी नगरपालिकाले उपलबध गराएको हो ।

‘टेलिभिजन मार्फत उपलब्ध हुने सेवाले जीवन प्रति नैराश्यता नबढोस्, कुनै न कुनै कारणले हिरासतमा रहनु पर्दा गलत सोच हावी हुन नदिउन भन्ने उद्देश्यले टेलिभिजन उपलब्ध गराईएको प्रमुख ब्याञ्जुले बताए ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले धुलिखेलमा निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेको अवसरमा बैशाख २५ गते बुधबार मात्रै नगर प्रमुख ब्याञ्जुले भवनहरुको अवलोकन पश्चात टेलिभिजन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले धुलिखेल नगरपालिकालाई धन्यवाद दिदैं नेपालमै पहिलो पटक स्थानीय सरकारले हिरासत कक्षलाई प्रविधिमैत्री बनाउन हिरासतमा रहेका ब्यक्तिहरुको जीवनमा उर्जा प्रदान गर्ने उद्देश्यले टेलिभिजन प्रदान गरेकोमा सदुपयोग हुने बताए ।

कार्यक्रममा विष्णु दल गण धुलिखेल नेपाली सेनाका सेनानी श्रीकृष्ण पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी दिपक गिरी, नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, समाजसेवी रामकृष्ण हुमागाई, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला, प्रहरी निरिक्षक दिपक राय, नगरपालिकाका लेखा प्रमुख धनबहादुर बस्नेत, वडा अध्यक्ष विष्णु धिताल, जनप्रतिनिधिहरु, कर्मचारीहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्