
३१ बैशाख २०७६, इटहरी
न्यूनतम पारिश्रमिक लागू गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलनरत झापाका चिया मजदुरले ४५ दिनपछि आन्दोलन फिर्ता लिएका छन् ।
नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठन बिच तीन बुँदे सहमति पश्चात मजदुर संगठनले आन्दोलन फिर्ता लिएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिए ।
सोमबार राति बिर्तामोडमा दुवै पक्षबीच भएको वार्ता पश्चातको तीन बुँदे सहमति अनुसार सरकारले तोकेको श्रम ऐन ‘२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला तीनसय ८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक बर्षदेखि श्रम ऐन लागु गरे अनुसारको तलब भुक्तान गर्ने र आन्दोलन अवधि भरको ज्याला ३० प्रतिशत दिने सहित मंगलवारदेखि उद्योग खोल्ने सहमति भएको जनाईएको छ ।





