५ नेपाली पुगे ल्होत्सेको चुचुरो !



३१ बैशाख २०७६, काठमाडौं

यस सिजनको पहिलो नेपाली टोली आज विहान विश्वको चौंथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुगेका छन् ।

विहान ९ बजेर ४७ मिनेटको समयमा ५ जनाको नेपाली टोली त्यहाँ पुगेका हुन् ।

सगरमाथा आधार शिविरका अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार, उनीहरु बाटो बनाउँदै चुचुरो पुगेका हुन् ।

चुचुरोमा पुग्नेमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा छन् ।

ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कञ्चनजंघापछीको चौथो अग्लो हिमाल हो ।

ल्होत्से ८ हजार ५ सय १६ मिटर अग्लो छ ।

प्रतिक्रिया दिनुहोस्