प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कानुनमन्त्रीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न



३० बैशाख २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग देशको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अष्ट्रेलियामै रहेका अनेरास्ववियुका केन्द्रिय सदस्य प्रेम दाहालका अनुसार मन्त्री ढकालले देशको वर्तमान कानुन, विकास निर्माण गतिविधिका बारेमा धारणा राख्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत प्रवासी नेपालीहरुलाई अनुरोध गरेका थिए ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य हिमलाल गैरे, संचालन सन्तोष दाहाल, संघीय संसद विष्णु पन्थी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, प्रथम उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, सह–कोषाध्यक्ष सोम सापकोटा, युरोप कोअर्डिनेटर शिव कटुवाल, एसिया कोअर्डिनेटर सोम थापा, ओसनिया कोअर्डिनेटर धर्मराज अधिकारी, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्षहरु ध्रुव सुवेदी, विनोद श्रेष्ठ, हरि लामिछाने, राजन बस्नेत, झलक ढुङ्गाना, भरत नेपाल, प्रवीण कँडेल लगायतको बाक्लो उपस्थिति रहेको प्रेम दाहालले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्