शिक्षा क्षेत्रमा बिछट्टै आनन्द छ : शिक्षासेवी रामबहादुर के.सी.



३० बैशाख २०७६, काठमाडौं

कम बोल्ने स्वभाव भएका रामबहादुर के.सी. हरेक समस्या चातुर्यतापूर्ण तरिका अपनाएर सरल रुपमा  समाधान गर्ने ब्यक्तिका रुपमा चिनिन्छन् । माओवादी जनयुद्धको समयमा गुल्मीमा प्राय बोर्डिङ्ग स्कूलहरु बन्द हुन पाएनन् जति खेर माओवादी निकट विद्यार्थी संगठनहरुले नेपालका विभिन्न स्थानहरुमा बिद्यालयहरु बन्द गराईरहेको थियो त्यस्तो बेला गुल्मी आसपासमा प्रायः निजी बिद्यालयहरु बन्द भईरहेका थिए त्यस्तो बेलामा उनी  र उनका साथीहरुको टिमले त्यस्तो जटिल समस्यालाई समाधान गर्न सक्षम भएको थियो ।

वास्तवमा मानिसहरुको स्वभाव आफ्नो किसिमको हुन्छ र आफ्नो स्वभावले नै मान्छेले आफ्नो परिचय दिन्छ, रामबहादुर के.सी. त्यस्ता मानिस हुन थोरै प्रतिक्रिया दिने स्वभावका ब्यक्ति हुन जसले उनको आफ्नोपना दिईरहको हुन्छ ।

सवैभन्दा खुशी उनलाई शिक्षक हुनुमा रहेको छ जब उनी आफ्ना विद्यार्थीले प्रगति गरिरहेको हुन्छन् सबभन्दा धेरै खुशी उनलाई त्यहाँ मिल्छ । चाँहे हस्पिटल जाँदा होस् या सरकारी कार्यालयहरुमा जाँदा आफ्ना विद्यार्थीहरुले काम गरिरहेको देखेका कुनै त्यस्ता क्षणहरु छन् उनका जीवनमा जसले उनलाई शिक्षा क्षेत्रमा लाग्न पाउँदाको बिछट्टै आनन्द आउँछ ।

बाल्यकाल
शिक्षासेवी रामबहादुर केसीको जन्म गुल्मी जिल्लाक हालको मुसिकोटमा माता स्वर्गीय लुमकुमारी के.सी. र पिता स्वर्गीय गोविन्दबहादुर के.सीको कोखबाट २०२६ साल बैशाख २७ गतेका दिन भएको थियो । नौ जना दाजुभाई दिदिबहिनी मध्येका माहिला सन्तानको रुपमा जन्मिएका उनको वाल्यकाल मध्यम नै रह्यो । उनको पारिवारिक पृष्ठभुमी खेती किसानी हो यद्यपी उनको परिवारले जिम्वालको पनि काम गर्ने हुनाले बाल्यकालमा उनी उनको बुवासँगै गाउँमा कर उठाउन जान्थे । सानो उमेरदेखी उनको स्वभाव शान्त, शालिन र कम बोल्ने स्वभावको थियो भने उनी साथीहरुसँग एकदमै मिलनसार थिए । गाउँमा जग्गा जमिन प्रशस्तै थियो । पढाइको समय भन्दा बाहेक उनी पविारलाई काममा सहयोग गर्थे भने जुनसुकै कामलाई सरल तरिकाले सम्पन्न गर्थे ।

अध्ययन
हरेक कामलाई सरल तरिकाबाट भूमिका निर्वाह गर्न सक्षम र सानैदेखि मिहिनेती तथा अध्ययनशील उनको शिक्षा गाउँकै एक विद्यालय शारदा विद्या मन्दिरबाट भएको हो जहाँ उनले कक्षा ७ सम्म अध्ययन गरे भने महेन्द्र आदर्श माद्यमिक विद्यालयबाट एसएलसी सम्मको पढाई पुरा गरे ।  उच्च शिक्षा अध्ययन गर्ने क्रममा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित रेसुङ्गा बहु्मुखी क्याम्पस भर्ना भए र त्यहाँबाट उनले आईएसम्मको अध्ययन पुरा गरे । पढाइको भोक पुरा गर्ने अभिलाषा बोकेर उनी काठमाडांै आए र ताहाचल क्याम्पसबाट उनले स्नातक हासिल गरी त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरे । पुन उनले मिडिया टेक्नोलोजी बिषयमा सेफर्ड कलेजबाट स्नातकोत्तर गरे ।

शैक्षिकयात्रा
उनको शैक्षिक यात्राको शुरुवात उनको जीवनमा स्मरणीय तरिकाले सुरु भएको थियो जतिबेला २०४२ साल माघ ७ गतेबाट उनको एसएलसी सुरु भयो र १५ गते उनको एसएलसीको परिक्षा सकियो त्यसको ठिक दुई दिन पछाडी अर्थात माघ १७ गतेबाट उनले शिक्षकको रुपमा आफुले पढेको स्कूलमा जागिर खान सुरु गरे । उनको पहिलो महिनाको तलव ३७२ रुपैंयाँ थियो जुन कुरा उनको जीवनको सवै भन्दा अविस्मरणीय क्षण भएको उनी बताउँछन् । उनले आइए पास गरेपछि पुनः आफूले पढाउने स्कूलमा निमावि तहसम्म पढाउनका लागि निमावी शिक्षकको रुपमा नियुक्त भए । उनले पढाउँदा पढाउँदै २०४६ सालको आन्दोलनमा सहभागी भए जव प्रजातन्त्र प्राप्तीको आन्दोलन सफल भएपछि उनी काठमाडौँ आए स्नातक तहको अध्ययन पुरा गरेपछि आफ्नै गाउँमा विद्यालय स्थापना गर्ने सोचका साथ गाउँ फर्केर साथीभाइसँगको सहकार्यमा पोलारिस बोर्डिङ्ग स्कूलको स्थापना गरे, यो उनको जीवनको अर्को महत्वपूर्ण काम थियो । यही स्कूलबाट उनले शिक्षाको ज्योती फैलाउन थाले । जव स्कूल स्थापना गरेको झण्डै सुरुवाती चरणबाटै नेपालमा माओबादी जनयुद्ध शुरु भईसकेको थियो । क्रमसः माओवादीले बोर्डिङ्ग स्कूलबन्द गराउने क्रममा आसपासका जिल्लाहरुमा संचालित बोर्डिङ्ग स्कूलहरु बन्द भएको त्यो समयमा गुल्मीमा खासै बोर्डिङ्ग स्कूल बन्द भएनन् जसमा चातुर्यतापूर्ण तरिकाले युद्धरत पक्षसँग समन्वय गरिएको थियो । उक्त स्कूलमा उनी सुरुमा सहायक प्रधाननध्यापकको रुपमा कार्यरत भए भने उनी त्यहाँ तीन वर्षसम्म प्रधानध्यापकको रुपमा कार्यरत रहे । पारिवारीक  आवश्यकताको कारणले उनले पुनः काठमाडौँ आउनुपर्यो र २०६२ सालमा उनी काठमाण्डौ आए । २०६२ सालमा उनले न्युटन बोर्डिङ्ग स्कूलमा आफैंले लगानी गरेर पढाउन थाले । हालसम्म उनी उक्त स्कूलको प्रिन्सीपलको रुपमा कार्यरत छन् ।

प्याब्सनमा सक्रियता
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन गुल्मी जिल्लामा उनी कोषाध्यक्ष, सचिव, उपाध्यक्ष रहिरहेका उनी उपाध्यक्षमा काम गर्दा गर्दै काठमाडौँ आए । जिल्ला प्याब्सन काडमाडौँमा उनी २०६३ बाट लागेका हुन हालसम्म उनले एक कार्यकाल जिल्ला सदस्य दुइ कार्यकाल सह–सचिव एक कार्यकाल सचिव र एक कार्यकाल बरिष्ठ उपाध्यक्षमा काम गरिसकेका उनी हाल अर्को एक कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्