
यौन कुन उमेरमा बढी आनन्ददायी हुन्छ भनेर एक एक यौन खेलौना उत्पादक कम्पनीले गरेको अध्ययनले नयाँ कुरा पत्ता लगाएको छ ।
अनलाइन मार्फत उक्त कम्पनीले गरेको अध्ययनले महिलाहरुले २८ वर्षको उमेरमा गरिने सेक्सबाट बढी आनन्द उठाउँने तथ्य फेला पारेको बताईएको छ ।
तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुने अध्ययनले बताएको हो ।
त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । भने पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष रहेको छ । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष र महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै आनन्द लिने निष्कर्ष निकालेको थियो ।





