काँग्रेसका केन्द्रिय नेताहरु नै क्रिश्चियन धर्म प्रचारमा सक्रिय



३० बैशाख २०७६, काठमाडौं

क्रिश्चियन सम्मेलनमा सरकारले सहयोग गर्दै नेकपाका केन्द्रिय नेताहरुले होली वाईन पिएर क्रिश्चियन धर्म प्रचारमा सहयोग पुर्याएको भन्ने आरोप लगाएका नेपाली काँग्रेसका शिर्ष नेताहरु नै क्रिश्चियन धर्म प्रचारमा सक्रिय भएको देखिन्छ ।

काँग्रेसको संगठनलाई सशक्त बनाउन देशभर जागरण अभियान चलाईरहेका काँग्रेस नेताहरु क्रिश्चियन धर्म प्रचारमा सहभागी भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ पञ्चासेमा नवनिर्मित नवजीवन एजी चर्चको भवन उद्घाटनमा काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसी सहभागी भएका छन् ।

नेता केसीका साथमा जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, जिल्ला समितिका सदस्यहरू र नेविसंघका नेताहरुको उपस्थितमा भवनको उद्घाटन गरिएको थियो ।

विभिन्न प्रलोभनमा पारी सोझासाझा जनतालाई चर्चले धर्म परिवर्तन गरेको पाइएकोले बेलकोटगढी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले निमन्त्रणा पाएर पनि सहभागी भएका थिएनन् ।

नगरपालिका स्रोतका अनुसार चर्च बनाउनका निम्ति भवनको नक्सापास समेत भएको छैन भने चर्च निर्माणको लागि लिईएको बिदेशी सहायता बारेमा स्थानीय सरकारलाई समेत नदिएको बुझिएको छ ।

गत महाधिवेशनमा सवैभन्दा धेरै मत पाई विजयी भएका काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले विवादित चर्च भवनको उद्घाटन गरेपछि आगामी महाधिवेशनमा उनको लागि प्रतिकुल देखिन्छ ।

       

प्रतिक्रिया दिनुहोस्