नायिका करिश्मा मानन्धरको घरमा चट्याङ, बगैँचाको चिरियो रूख (भिडियोसहित)



२९ बैशाख २०७६, काठमाडौं

केहीबेर अघि हवाहुरीसहित मेघ गर्जिरहेको अवस्थामा चर्चित नायिक करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङबाट मानवीय क्षति भनेको भएको छैन ।

आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् ।

‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो ।’ करिश्माले भनिन्, मैले करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ ।’ उनले थपिन्, ‘चट्याङले रुख चिरा पारेको छ, त्यो देख्दा म अच्मममा परेँ ।’

करिश्माको घरको एउटा रूघ पुरै चिरिएको छ । नायिक मानन्धर आफैँले रूख चिरिएको एउट भिडियो पोष्ट गरेकी छिन । उनले आफू सुरक्षित रहेको बताएकी छिन ।

नायिका मानन्धरको घरमा चट्याङद्वारा चिरिएको रुखको भिडियो :

प्रतिक्रिया दिनुहोस्