नेपाल र भियतनामबीच भयो १६ बूँदे सम्झौता



२९ बैशाख २०७६, काठमाडौं

नेपाल र भियतनामबीच फरक–फरक १६ बूँदामा द्वीपक्षीय सम्झौता भएको छ ।

व्यापार अभिवृद्धिलाई नयाँ उचाईमा पुर्‍याउनेलगायत विभिन्न १६ बूँदामा सम्झौता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा सो सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्