मोटरसाइकलमा ‘जिपिएस’ लागू गर्ने यातायात विभागको तयारी



२७ बैशाख २०७६, काठमाडौं

यातायात विभागले मोटरसाइकलमा पनि ग्लोबल पोजिसनिङ स्टिम (जिपिएस) लागू गर्ने तयारी गरेको छ ।

विभागले विश्व विकास बैंकको सहयोगमा नेपालका सम्पूर्ण सवारी साधनमा जिपिएस लागू गर्न लागेको हो ।

सुरुमा चारपांग्रे सवारी साधनमा मात्र लागू गरिएको जिपिएस दुई पांग्रेमा पनि उत्तिकै महत्वपूर्ण भएकोले राख्न लागिएको विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।

जिपिएस ट्रयाकिङका लागि सबैभन्दा पहिले गाडीको संख्या , रुट , र सवारीका प्रकार छुट्याउनुपर्ने हुन्छ ।

प्रणाली लागू भएपछि कुन रुटमा कत्ति गाडी गुडीरहेका छन्, कुन गाडी कहाँ छ ,गाडी कहाँ दुर्घटना भयो भन्ने जस्ता विविध जानकारी कन्ट्रोल रुमबाट लिन सकिन्छ ।

जसका लागि सवारी धनीले नै २ देखी ३ हजासम्म खर्च गर्नुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्