वडाले दियो रत्न कुमारीलाई भूकम्प प्रतिरोधी घर



२७ बैशाख २०७६, काठमाडौं

सोलुखुम्बुको ‘थुलुङ दुधकोशी गाउँपालि’को ९ नम्बर वडा कार्यालयले एक अशक्त महिलालाई भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

अशक्त तथा एकल महिला रत्न कुमारी राईको घर तग बैशाख १२ को भूकम्पबाट क्षेतिग्रस्त भएको थियो ।

सरकारबाट प्राप्त ३ लाख र वडा कार्यालयको अगुवाईमा संकलित २ लाखको लागतमा बनेको सो घर बुधबार गाउँपालिका अध्यक्ष असिम राईले हस्तान्तर गरेको हुन् ।

राईकी दुई छोराहरु भएकामा एकको द्धन्दकालमा मृत्यु भएको र एक सुस्त–मनस्थितीको रहेको वडाअध्यक्ष भूपालसिँह राईले बताएका छन् ।

गाउँपालिकाको अगुवाईमा बनेको घरको चाबी बुझ्दै राई भनिन्, “म यस्तो नयाँ घर बनाउँने स्थितीमा थिईनँ । वडाले बनाईदिएपछि सुरक्षित घर पाएँ । निकै खुशी छु ।

साथै उनले जनप्रतिनिधिहरुलाई धन्यवादसमेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्