२०० डलर कमाउन अष्ट्रेलियामा १० घण्टा उभिएर भाँडा माझेँ : विश्व साईकलयात्री पुष्कर शाह (भिडियो सहित)



२७ बैशाख २०७६, काठमाडौं

संसारलाई पाँच फन्को मारेका पुष्कर शाह केही महिनाको अष्ट्रेलिया बसाईपछि अहिले नेपाल आएका छन् । नेपालमा बस्न नसक्ने भन्दै अष्ट्रेलिया पुगेका पुष्करले अष्ट्रेलिया पुगेर भाँडा माझ्दै गरेको फोटो फेसबुकमा सार्वजनिक गरेपछि संसार भरिका नेपालीले अचम्म मानेका थिए ।

‘समृद्ध सिन्धुली’ अभियानले आयोजना गरेको राईड थ्रु सिन्धुलीको २०१९ संस्करणमा सहभागी जनाउन सहभागी पुष्करले भने,’ पी आर होल्डर साथीले के कोठामा उसै बस्छस् आईज भाँडा माझ २०० डलर आईहाल्छ भनेपछि भाँडा माँझ्न गएको बताउँदै–मैले एउटा भाडा माझेको फोटो फेसबुकमा हालेको सारा संसार नै हल्लियो ।’

अष्ट्रेलिया बस्ने भनेपछि जस्तो व्यक्तिले पनि राम्रो केटी विवाह गर्न सक्ने भन्दै गंजेडी साथीले आफ्नो श्रीमती समेतलाई गाँजा खुवाएको अनुभव सुनाए ।  शौचालयलाई रेष्ट गर्ने स्थान भएर नै रेष्ट रुम भनेको अनुभव समेत शाहले कार्यक्रममा बताए ।

राइड थ्रु सिन्धुली गढीमा अष्ट्रेलियन अनुभव सुनाउँदै विश्व साईकलयात्री पुष्कर शाह :

आफू अष्ट्रेलियामा १ महिना भाँडा माँझेर नेपालमा ५ महिना घुमेर खान्छु भन्दै बुद्धि नपुगेर नेपालीहरु १२ बर्षदेखि अष्ट्रेलियामा भाँडा मझिरहेको अनुभव सुनाए ।  पुष्करले भने, “अहिले हामीले साइकल र्याली अभियान चलाइरहेका छौँ । राइट थ्रु सिन्धुली सबैभन्दा राम्रो र व्यवस्थित टिमले संचालन गरेको कारण म यसमा सहभागीता जनाउँछु ।”

आफ्नो रक्सी पिउने बानीको बारेमा खुलेर चर्चा गरेका पुष्करले साईकल यात्राको बारेमा भने, “साइकलमा यात्रा गर्दा निकै रमाइलो हुन्छ । साइकलमा यात्रा गर्दाजस्तो आनन्द तपाई कुनै सवारी साधनमा चढ्दा महशुस गर्नुहुन्न । साइकलले चाहिँ हामीलाई ३६० डिग्री खुल्ला प्रकृतिमा पुर्याउँछ । त्यो प्रकृतिलाई आफ्नो मनले, मस्तिष्कले र शरीरले स्पर्श गराउँछ । हामी साइकलमा रमाउने मान्छे हौँ र तपाईहरुलाई पनि रमाउनुहोस् भन्न चाहन्छौं । सधैँ साइकल चढ्नुपर्छ भन्ने छैन् । तर घरमा एउटा साइकल भयो भने चाहिँ राम्रो देखिन्छ । साइकलबाट पनि निकै रमाइलो महशुस गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्