
२७ बैशाख २०७६, काठमाडौं फोटो फिचर
चर्चित गायिका सुमधुर आवाजकी धनी, लाखौ आम दर्शकहरुको मन मुटुको ढुकढुकी बनेकी लोकप्रिय गायिका मेलिना राई र कुबेर राईको स्वरमा नयाँ गीत ‘माटो र पुर्खा’ बजारमा सार्वजनिक भएको छ ।
किराँत राई जातिहरुका कला संस्कृति, रितिरिवाज, भेषभुषालाई समेटेर बनाइएको उक्त गीतको भिडियोमा चर्चित मोडल एलिशा राई र हास्य अभिनेता विल्सन विक्रम राईको उत्कृष्ट अभिनय रहेको देखिन्छ ।
यस गीतलाई टीका चाम्लिङले लेखेका हुन् भने कुवेर राईको संगीत संयोजन रहेका हुन् । नवराज उप्रेती र विक्रम डिसीले खिचेका भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
भिडियो :





