
२७ बैशाख २०७६, काठमाडौं
पछिल्ला समयमा फिल्म क्षेत्रमा ‘बीर विक्रम २’ बाट पाइला चालेकी नायिका वर्षा सिवाकोटी निकै चर्चाको शिखरमा चुलिदैछिन् । ‘बीर विक्रम २’ मा अभिनय गरेकी जेठ ३ गते देखि प्रर्दशन हुँदैछ । नायिका वर्षा सिवाकोटी फिल्म प्रचारको क्रममा उनले लगाएका पहिरण यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

त्यस्तै भर्खरै मात्र एक फोटोको कारणले ट्रोलको सिकार बनिरहेकी नायिका शिवाकोटीले यो पटक पनि त्यस्तै कपडा लगाएकी छिन् । यो भन्दा अगाडि जिन्सको ज्याकेटको बटम तलमाथि गरेर लगाउँदा बर्षा सामाजिक सञ्जालमा भाइरल भएकी हुन् भने फेरीे उनको पाइन्टको चर्चा चल्न थालेकोछ ।’

‘वीरविक्रम २’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा पल र वर्षा सगै नाजिर हुसेनबुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय रहेको छ ।






