सरकारको मिडिया काउन्सिल र आमसञ्चार विधेयकमाथि प्रेस युनियनको विरोध



२७ बैशाख २०७६, काठमाडौं

सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल र आमसञ्चार सम्बन्धी कतिपय विधेयकको प्रेस युनियनले विरोध गरेको छ ।

विधेयकमा गरिएको जरिवाना तथा क्षतिपुर्ति सम्बन्धी व्यवस्थाले स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने भन्दै प्रेस युनियनले विरोध गरेको हो ।

विधेयकमा घुमाउरो किसिमले पत्रकारितालाई निरत्साहित गर्ने, सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा लैजाने नियत देखिएको युनियनको ठहर छ ।

आर्थिक रुपमा सम्पन्न नभइसकेको नेपालका सञ्चार संस्थालाई जरिवानाको कहालीलाग्दो व्यवस्थाले पेशा र व्यावसायबाटै पलायन गर्ने नियत देखिएको युनियनका महासचिव अजय सिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिडिया काउन्सिल सम्बन्धी विधेयकमा पत्रकारिताका आचार संहिता उल्लंघन गर्नेलाई दश लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्