
२७ बैशाख २०७६, काठमाडौं
संघीय संसद् बैठकमा आजबाट प्रि–बजेट छलफल सुरु भएको छ ।
शुक्रबार (आज) ११ बजेबाट सुरु भएको संघीय संसद्को प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसूची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
महासचिव भट्टराईका अनुसार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/ ७७ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रेस गर्नेछन् ।
अर्थमन्त्रीको प्रस्तावपछि आगामी वर्षको विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरिनेछ ।





