थुलुङ राई भाषाको कक्षा–२ को पाठ्यपुस्तक ‘हालाम–न’ लोकार्पण



२७ बैशाख २०७६, काठमाडौं

थुलुङ राई भाषाको कक्षा २ को पाठ्यपुस्तक (हालाम न) लोकार्पण भएको छ ।

पाठ्यपुस्तक ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’को आयोजनामा थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ लोखिममा लोकार्पण गरिएको हो ।

यसअिघ नै कक्षा एकको पाठ्यपुस्तक तयार पारी थुलुङ राई भाषीहरुको बसोबास रहेको क्षेत्रमा पठनपाठनसमेत सुरु गरिसकेको थुलुङले कक्षा दुईको पनि पाठ्यपुस्तक तयार पारी विमोचन गरेको हो ।

पुस्तक प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई, थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, रावाबेशी गाउँपालिकाका उपाध्यक्ष समला राई, लोखिमका वडाअध्यक्ष भूपाल राईलगायतले लोकार्पन गरेका थिए ।

पाठ्यपुस्तक तयारीका लागि थुलुङ दुधकोशी गाउँपालिकाले १० लाख सहयोग समेत गरेको थियो ।

कार्यक्रममा भोजपूर, ओखलढुङ्गा, खोटाङ तथा अन्य जिल्लाहरुबाट थुलुङ राईहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्