कक्षा १२ को परीक्षा दिदादिदै छोरी जन्मेपछि…



२६ बैशाख २०७६, बैतडी

बैतडीको शिवनाथ गाँउपालिका वडा नम्बर २ मा रहेको नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा हिजो एक परीक्षार्थीले बच्चा जन्माएकी छन् । छात्रा मिना धनाडी २४ वर्षाकी हिजो परीक्षाको आठौँ दिन ऐच्छीक विषय शैक्षिक मुल्याङकनको परीक्षा दिइरहेकी थिईन् । त्यति खेर परीक्षा हलमै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि छोरी जन्माएकी हुन् भनेर शिक्षक गोपालसिंह महताले बताएका छन् ।

परीक्षामा ३ वटा प्रश्नको उत्तर लेख्न नपाउँदै धनाडीलाइ सुत्केरी ब्यथाले च्यापेपछि नजिकैको स्वास्थ्यचौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माएको हुन् । अहिले आमा र बच्चाको अवस्था राम्रो रहेको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताए । विद्यालयसँगै स्वास्थ्यचौकी जोडीएको हुनाले कुनै समस्या नभएको र दुवैजनाको हेरविचार स्वास्थ्यचौकीमै भइरहेको उहाँले बताउए । यस्तै छुटेको परीक्षा पछि दिन लगाउने वातावरण निर्माण गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्