
२६ बैशाख २०७६,काठमाडौं
सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकोले देशमा लगानीको वातावरण सिर्जना नभएको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् ।
निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग राख्दै आएपनि प्रगति हुन नसकेको अग्रवालले बताएका हुन् ।
संघीय संसदको अर्थ समितिले बिहिबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि–बजेट’ छलफमा बोल्दै अग्रवालले बजेटमा विकासको पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने विचार राखेका छन् ।
महासंघले बैंकको उच्च ब्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ ।





