
२६ बैशाख २०७६, काठमाडौं
ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ हरेक हप्ताको शनिबार, आइतबार र सोमबार ८ः३० बजे एपीवान एचडीबाट प्रसारण हुने गर्दछ ।
दिनानुदिन एकदमै लोेकप्रिय भईरहेको यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरिरहेका छन् । एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना १ प्रतियोगीले फास्टेस्ट फिंगरको माध्यमबाट हट सिटसम्मको यात्रा तय गर्छन् । अर्थात सोधिएको प्रश्नमा सवैभन्दा कम समयमा उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।
भर्खरै मात्र प्रसारित कार्यक्रममा प्रस्तोता महानायक राजेश हमालले हट सिटमा उपस्थित प्रतियोगीलाई तपाईं यहाँबाट १ करोड जितेर जाने कि ३ लाख २० हजारमा झर्ने भन्दै प्रश्न गर्छन् । त्यस लगत्तै एक्साईटेड हुँदै ह्वाट इज दिस भनेको सानो भिडियो क्लिप प्रसारित हुन्छ ।
जसमा हट सिटमा उपस्थित ब्यक्तिलाइ भने देखाईदैन । कतै ति व्यक्ति रवी लामिछाने त होइनन् ? कतै त्यो रकम रविले त जितेनन् भन्ने आशंका धेरैले गरिरहेका छन् । आखिर कसले जित्यो १ करोड रुपैयाँ ? त्यो जान्न भने आगामी कार्यक्रम हेर्नैपर्ने हुन्छ ।





