हास्य कलाकारको रुपमा चर्चित हुन्छु भनेर कहिल्यै सोचेन : उमेश राई‘फुलन्देको आमा’



२६ बैशाख २०७६, काठमाडौं

भोजपुरमा जन्मिएका २६ वर्षीय उमेश राई ‘फुलन्देको आमा’ पछिल्ला समयमा लाखौ दर्शकहरुलाई मनोरञ्जण दिलाएर लाखौ दर्शकहरुको मन जित्न सफल भएका हास्य कलाकार राई चर्चाको उपमा निकै नै बटुल्दै छन् ।

यस क्षेत्रमा नयाँ अनुहार भएता पनि उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ‘फुलन्देको आमा’ भूमिकामा कारण उनी धेरैले रूचाइएका छन् । फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल हास्य कलाकार हुन् उमेश राई ।

एक दिन आफू यसरी चर्चित हास्य कलाकारको रुपमा चर्चित हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएन् । वि.सं २०७२ साल बाट उमेश राई हास्य कलाकारको चर्चित कलाकार बन्न पुगे ।

देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन । छोटो समयमा नै सबैको प्यारो बन्न सफल राई पछिल्लो समय विभिन्न मिडियाहरु मा अन्तर्वार्ता दिदैमा व्यस्त छन ।

प्रतिक्रिया दिनुहोस्