हेटौंडाबाट अवैध डेढ किलो सुनसहित एकजना पक्राउ



२६ बैशाख २०७६, काठमाडौं

अवैध डेढ किलो  सुनसहित मकवानपुरबाट प्रहरीले एकजना पक्राउ गरेको छ ।

पूर्वपरिश्चम राजमार्ग अन्तर्गत रातामाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिक पक्राउ परेका हुन् ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले बिकलाई सुनसहित प्रकेको हो ।

उनको साथबाट प्रहरीले १ किलो ६ सय ४९ ग्राम सुन बरामद गरेको छ । प्रहरीले बिकले लगाएको दुवै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्