
२६ बैशाख २०७६, काठमाडौं
पछिल्ला समयमा फिल्म क्षेत्रमा ‘बीर विक्रम २’ बाट पाइला चालेकी नायिका वर्षा सिवाकोटी निकै चर्चाको शिखरमा चुलिदैछिन् । ‘बीर विक्रम २’ मा अभिनय गरेकी जेठ ३ गते देखि प्रर्दशन हुँदैछ । नायिका वर्षा सिवाकोटी फिल्म प्रचारको क्रममा उनले लगाएका पहिरण यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

जिन्सको ज्याकेटको बटम तलमाथि गरेर लगाउँदा बर्षा ट्रोलको सिकार भएकी हुन् । वर्षाको फेसनलाई लिएर मजाक उडाइरहेका छन् । तर वर्षाले भने फोटो भाइरल भएको मज्जा लिइरहेकी छन् । उनले हरेक ट्रोल ईन्स्टाग्रामको स्टोरीमा सेयर गरिरहेकी छिन् ।

बीर विक्रमको प्रमोशनको क्रममा फोटो भाइरल हुँदा फिल्मलाई फाइदा नै हुन्छ । फिल्ममा वर्षा सिवाकोटीसँगै पल शाह, नाजिर हुसेन र बद्धि तामाङको मुख्य भुमिका रहेको छ । फिल्मलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।







