भोलिदेखि ३ दिनसम्म नेपाल भारतको सीमा नाका बन्द हुदैँ



२६ बैशाख २०७६, काठमाडौं

भोलिदेखि तीन दिनसम्म नेपाल भारतको सीमा नाका बन्द हुने भएको छ ।

सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनको लागि नाका बन्द हुन लागेको हो ।

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाकाहरु पनि बन्द हुने भएको छ ।

निर्वाचनका लागि बैशाख २७ देखि २९ गतेसम्म नेपाल भारतको सिमा नाका बन्द हुन लागेको हो ।

भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनलाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार विगतमा ४८ घण्टा सिमा बन्द गर्ने गरिएको भएपनि दुवै पक्षको सहमतिमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्