
२६ बैशाख २०७६, काठमाडौं
सिद्घार्थ बैंकले काठमाडौंको कालिमाटीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा बैंक शाखाको उद्घाटन गरेका थिए ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा, सय शाखा रहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १ हजार ३ सयभन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।





