
२६ बैशाख २०७६, काठमाडौं
गृहमन्त्रालयको सर्कुलरपछि रौतहटले जन्मका आधारमा नागरिकता लिएका २४४ जना सन्तानलाई वंशजको नागरिकता वितरण गरेको छ ।
गृहमन्त्रालयले चैत्र १९ गते सर्कुलर जारी गरेपछि बुधबारसम्म २४४ जनालाई वंशजको नागरिकता वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चन्द्रनिगापुर र इलाका प्रशासन कार्यालय गरुडाबाट वंशजको आधारमा नागरिकता वितरण गरिएको हो ।
मंगलबार सर्वाेच्च अदालतले गृहमन्त्रालयको सर्कुलर कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएपछि उक्त कार्य रोकिएको प्रजिअ थापाले जानकारी दिए ।





