
२५ बैशाख २०७६,काठमाडौं
पछिल्ला समयमा चलचित्र क्षेत्रमा निकै चर्चामा आएका नायिका अथवा मोडल आँचल शर्मा हुन् । उनी चलचित्र जगतमा ‘नाई नभन्नु ल ४’ बाट यात्रा गरेकी हुन् । उनी पहिलो चलचत्रिबाट नै निकै चर्चा पाएकी अरु चलचित्र शत्रु गते, जोनी जेन्टलम्यान र दाल भात तरकारी जस्ता चलचित्रमा अभिनय गरेसकी छिन् ।
हास्य टेलिशृंखला ‘भद्रगोल’को १८ भागमा देखापरेका कलाकर हुन् ‘बले’ अर्थात् सागर लम्साल । भद्रगोलमा १८ भाग प्रसारण भइसकेपछि उनको अभिनय र बोल्ने शैलीको सर्वत्र चर्चा हुन थाल्यो तर उनी हराए । २४औँ भागमा उनी ‘साङ्लो बोरो तपाईंको कपालचाहिँ हो के’ भन्ने डायलग लिएर पुन भद्रगोलमा देखापरे । त्यसबाट उनी चर्चित पनि बने । लगातार उनी प्रत्येक भागमा काम गर्दै गए । चर्चाको उचाइ बढ्दै गयो ।
नायिका आँचल र्शमा र हाँस्य कलाकार सागर लम्साल (बले) “माया पिरति” बोलको गीतमा अभिनय गरेका छन् । मे ३, २०१९ मा सार्वजनिक गितमा स्वर भने तिलक बस्नेत र मोलिसा आले मगरको रहेको छ ।
गीतमा संगीत पनि गायक तिलक बस्नेतको नै रहेको छ । व्यवस्थापनमा कमल सौराग, मिक्सङर मास्टरिंगमा कुमार राना मगर रहेका छन् । उत्पादन प्रबन्धक भने मधुसुधन आर्चाय रहेका छन् भने निर्देशन र कोरियोग्राफी शिव विकले गरेका हुन् । भिडियो…….





