आमासँगै जेलमा रहेकी ४ वर्षिय बालिकाले ल्याइन परीक्षामा ९६ प्रतिशत



२४ बैशाख २०७६, काठमाडौँ

कर्तव्य ज्यान मुद्दामा आमासँगै गुल्मी कारागारमा रहेकी ४ वर्षिय बालिकाले नर्सरी कक्षामा ९६ प्रतिशत अंक ल्याएकी छन् । उनले परिक्षामा तृतिय स्थान प्राप्त गरेकी हुन् ।

रेसुङ्गा नगरपालिकाकी मेयर डिल्लीराज भुसालले गत बैशाख १२ गते अभिभावकत्व ग्रहण गर्दै ३ वर्षिय बालिका विपिका पुनलाई तम्घास नमुना मा बिमा नर्सरी कक्षामा भर्ना गराइदिएकी थिइन् ।

बालिकाको अभिभाकत्व ग्रहण गरेका मेयर भुसालले उनको उज्जल भविष्य र सपनालाई सम्झेर निरन्तर बालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आमासँगै जेल जीवन बिताइरहेकी बालिकाको अवस्था देखेर शिक्षाबाट बञ्चित भएको भन्दै उनलाई पढाउने जिम्मा लिएका थिए ।

बालिकालाई कारागारबाट नै विद्यालय जान सक्ने वातावरण मिलाइएको छ । बालिकालाई कारागारमा रहेका कर्मचारी र सुरक्षाकर्मीले दैनिक विदालय पुर्याउने साँझ शिक्षकले नै कारागार पुर्याइदिने व्यवस्था मिलाइएको छ । बालिकाले विद्यालयबाट बाकि रहेको समय कारागारमा नै बिताउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्