
२४ बैशाख २०७६, काठमाडौं
मंगलबार बिहान नायिका श्वेता खड्काले इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै अझै केही हप्तासम्म काम नगर्ने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो स्वास्थ्य अवस्था नाजुक भएकाले अझै केही हप्ता काम गर्न असमर्थ छु । निको हुनेबित्तिकै काममा फर्किहाल्ने प्रतिबद्धता गर्दछु ।’
उनले आफ्ना शुभचिन्तक, साथीभाइ र आफन्तलाई सहयोगका लागि धन्यवाद पनि दिएकी छिन् । यसबारे उनले लेखेकी छिन्, ‘म मेरा सबै शुभचिन्तकलाई जवाफ दिन सक्दिनँ तर उहाँहरुको प्रार्थनाका लागि मनैदेखि धन्यवाद ।’
केही दिनअघि नायिका खड्काको गर्धनमा ट्युमर देखिएपछि अचानक शल्यक्रिया गर्नुपरेको थियो ।





