
२४ बैशाख २०७६, काठमाडौँ
चर्चित पत्रकार रवि लामिछानेले निकिता पौडेलसँग आउँदो जेठ ३ गते विवाह गर्ने भएका छन् । केही समय अगाडि काठमाडौँ जिल्ला अदालतमा कानुनी विवाह गरेका उनीहरुले अहिले परम्परागत रुपमा विवाह गर्न लागेका हुन् ।
यो जोडीले अहिले आफ्नो विवाहको कार्ड छपाएर आफ्ना परिवार ,आफन्तजन , नातागोता लगायतका अन्य आफ्नोे साथीहरुलाई कार्ड समेत बाडिसकेका छन् । यो जोडीले छपाएको कार्डका अनुसार जेठ ३ मा हुने विवाह नगरकोटको होटेल म्याष्टिक माउनटेन हुने कार्यक्रम रहेको उल्लेख गरेको छ ।
पत्रकार रवि लामिछाने न्युज 24 टेलिभिजनका ‘जनतासँग सिधा कुरा’ को प्रस्तोता हुन् । त्यस्तै निकिता पौडेल चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष हुन् ।





