
२४ बैशाख २०७६, काठमाडौं
जेठ ३ गते दुई नेपाली फिल्म ‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ एकसाथ प्रर्दशन हुँदैछन् । कि दुबै फिल्ममा बर्षा नाम गरेका नायिकाका सोलो नायिकाको रुपमा प्रस्तुत भएका छन् । फिल्म ‘बीर विक्रम २’ मा नायिका वर्षा सिवाकोटी र फिल्म जात्रै जात्रामा वर्षा राउतको मुख्य भुमिका छ । यी दुई फिल्मको प्रदर्शनलाई रोचक रुपमा मानिएको छ ।
यी दुई नायिकाको सम्बन्धलाई लिएर बेलाबेलामा गसिप बन्ने गर्दछन् । फिल्म ‘गोपी’ मा सिवाकोटी आउट भएर राउत इन हुँदा राम्रै चर्चा चलेको थियो । यसैले पनि बर्षा र बर्षाको सम्बन्धलाई लिएर मिडियामा चर्चा हुने गरेको हो । उनीहरुले आफुहरुबिच मनमुटाव नभएको बताउँने गरेका छन् । उनीहरुले एउटा तीज गीतको भिडियोमा सँगै काम गरेका छन् ।
जेठ ३ गतेलाई पहिला ‘बीर विक्रम २’ ले मिति लक गरेको थियो । फिल्म ‘दालभात तरकारी’ले एक हप्ता पछि प्रर्दशन मिति तय गरे लगत्तै वैशाख २७ गते रिलिज हुने भनिएको फिल्म ‘बीर विक्रम २’ सँग जुध्न आइपुगेको हो । बर्षा भर्सेस बर्षा हुन गएको जेठ ३ गते कसका लागि लक्की होला त ?





